फेसबुकमा चिनजान : स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस : दाउले काटेर सुटकेसमा शव

Nepal Life Insurance Long Ad

गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् । ‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ।’ कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

आइतबार विहान गोंगबु गणेशस्थान नजिक उनले बोहराको शव र टाउको फालेको ठाउमा प्रहरी पुग्यो । दिनभर त्यो क्षेत्रमा ठूलो संख्यामा प्रहरी घुमिरहेको थियो । त्यो दृश्य चुपचाप हेरिरहेकी कल्पना साँझ एम्बुलेन्स बोलाएर चितवन लागिन् । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछन । Kantipath

२७ साउन २०७७, मंगलवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु