यी हुन् कृष्णबहादुर बोहराकाे हत्या गर्ने महिला, प्रहरीले गर्यो सार्वजनिक

11.87K
shares

काठमाडाैं । प्रहरीले कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी बोहराको तस्वीर सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट पक्राउ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घटनास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।

कल्पनाले आफू र छोरीमाथि बलात्कार गर्न खोजेपछि हत्या गरेको दावी गरेकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललेलाई सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच ३,४ वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए।

‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’

सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो।

जो जो कुकुरले शवको टाउको खुट्टा फेला पारेको थियो। एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन्।

काटिएको टाउको र खुट्टा आफुले ११ बजे लगेर घरदेखी ५ सय मिटर उत्तरपू्र्वतर्फ फालेको र फर्केर आएपछि केहिबेर रक्सी र मासु खाएपछि शरिर बोकेर घरबाट पश्चिमतर्फ २ सय मिटर पर फालेको बयान दिएकी छन ।

हत्या आफु एक्लैले गरेको तर शव व्यवस्थापनका क्रममा पश्चिमतर्फ जादाँ पानी परेकाले छोरीले छाता ओडाउन सहयोग गरेको आरोपित महिलाको बयान छ ।

“ बिभत्स हत्या गरी सुटकेशमा शरीरको भाग र झोलामा टाउको राखी फरार अभियुक्त पक्राउ”

घटना बिबरण :-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भई खटिएको प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखि तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको ।

पक्राउ ब्यक्तिको बिबरणः-
(१)नामथर :- कल्पना मुडभरी (पौडेल)
वतन:- जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ।
उमेर :- ३७ बर्ष
पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईती ।

अनुसन्धानबाट खुलेका तथ्यहरुः-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।
 तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।
मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।
मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।
मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।
निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।
मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।
मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।
मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
 मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।
अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।
निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशीका सामानहरु
 घटनामा प्रयोग भएको धारिलो हतियार
हिर्काउन प्रयोग भएको ह्याम्मर
रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा
घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल
सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा
मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु
स्लिपीङ ट्यावलेटको खोल
मोबाईल सेटहरु
साथै कर्तब्य गरी बिभत्स हत्या गरेको गहन प्रकृतिको अपराधमा शव पहिचानका लागि मिती २०७७/४/२६ गते यस कार्यालयबाट गरिएको अनुरोधमा शव पहिचान तथा अनुसन्धानमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण संचारकर्मी तथा आम सर्वसाधारणहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौ ।
मिति २०७७/०४/२७ गते ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083