कोरोना संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा पुनः लकडाउन गर्ने

5.98K
shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । १ हजार ८९३ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।