नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजीनामा
वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:३०
shares

गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरिएको छ ।
नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री थापाको राजीनामा मागेको हो ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा पुल उद्घाटन गर्न गाएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्णरुपमा दुर्व्यहार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो ।
‘कांग्रेसका वरिष्ठ नेतालाई बद्नियतपूर्ण दुर्व्यवहार र कार्यकर्तामाथि अश्रुग्यास प्रहार लोकतन्त्रमाथिकै प्रहार हो। दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ,’ महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
संघले सकार लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण भएको ठहर गरेको छ ।
यसका साथै सरकारको यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ ।
बुधबार काँग्रेसका वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टापछि छाडिएको थियो ।





















