राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवासमा
वि.सं.२०७७ मंसिर १८ बिहीवार २१:०५
4.89K
shares
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास गएका छन् । पार्टीमा विवाद बढिरहेको बेला अध्यक्ष प्रचण्ड बिहिबार साँझ शीतलनिवास पुगेका हुन् ।
यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । अध्यक्षद्वय पार्टीमा आन्तरिक विवाद चर्किरहेको बेला राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ । स्रोतका अनुसार आजको भेटमा राष्ट्रपतिले पार्टीमा बढेको विवादबारे चासो राखेको बुझिएको छ ।





























