प्रधानमन्त्रीले भोलिका लागि बोलाए सर्वदलीय बैठक
वि.सं.२०७७ मंसिर २२ सोमवार १४:०२
7.63K
shares
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।
समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।
नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।
त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।



















