नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा मुद्दा

5.98K
shares

राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि रु २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ । विभागले सञ्चालक किशोर चौधरीविरुद्ध रु दुई करोड १४ लाख ३० हजार २३८ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध रु पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध रु पाँच करोड ३२ लाख १६ हजार १८८ मुद्दा दायर गरिएको छ ।

उनीहरु विरुद्ध रु १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ ।

यस्तै शिवम टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध रु चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ ।

अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध रु एक करारेड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

झापा सडक मानवमुक्त जिल्ला घोषित
सडकमा आश्रित बेसहारा, अभिभावकविहीन मानवको उद्धार गर्दै झापा सडक मानवमुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको संयोजन एवं जिल्लाका १५ वटै स्थानीय तह साथै मानवसेवा आश्रम विराटनगरको सहयोगमा झापाको सुरुङ्गामा भएको घोषणा कार्यक्रममा जिल्लाका ७४ सडक मानवको आजै उद्धार गरिएको छ ।

सडक मानवलाई कार्यक्रमस्थल सुरुङ्गास्थित खानेपानीको कार्यालय परिसरमा नुहाइदिने, कपाल कटाउनाका साथै नयाँ लुगा लगाइदिएर सामूहिक भोजनसमेत गराइएको थियो ।

उनीहरुको स्वास्थ्य परीक्षणसमेत गर्दै आवश्यकतानुसार प्राथमिक औषधोपचारको व्यवस्था गरिएको थियो । उद्धार गरिएका सडक मानव सबैलाई विराटनगरस्थित मानवसेवा आश्रममा व्यवस्थापन गरिने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

सडक मानवको पालनपोषण एवम् औषधोपचार खर्च स्थानीय तहबाट नै हुने जानकारी दिँदै आश्रमका संस्थापक अध्यक्ष अधिकारीले विराटनगरमा दुई ठूला कोठा भाडामा लिएर आश्रम सञ्चालन गरिँदै आएको बताउनुभयो ।

शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य घरबारविहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडकआश्रित मानवरहित राष्ट्र निर्माण गर्ने सरकारको अभियान सफल पार्ने उद्येश्यले कार्यक्रम सञ्चालन गरिएको प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषअनुसार तीनै तहका सरकारको कार्यक्रमका रुपमा सडक मानवको उद्धार गर्ने कार्यलाई अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री गजमेरले मानव सेवामा सधैंँ सकारात्मक बन्न सवैलाई अनुरोध गर्नुभयो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न सडक मानवमुक्त जिल्ला घोषणा कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, सामाजिक मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, मेची नगरपालिकाका कार्यवाहक नगर प्रमुख मीना उप्रेती, दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलगायतले घोषणा कार्यक्रममा स्थानीय सरकारका तर्फबाट ऐक्यबद्धता जनाउनुभएको थियो ।

‘प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उहाँले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताउनभएको हो ।

संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उहाँले बताउनुभयो ।

आफ्नै पार्टीभित्रबाट सरकार ढालेर अस्थितरता निम्त्याउन लागेपछि व्यवस्था बचाउन जनताको माझमा जाने फैसला प्रधानमन्त्रीले गर्नुभएको उहाँको भनाइ छ ।

ढुङ्गाले लागेर बालकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा ढुङ्गा लागेर एक महिनाको शिशुको मृत्यु भएको छ ।

वडा नं २ गैँडाखोला जमुनेबाँधस्थित शोभा परियारको घडेरी खनेर मिलाउने क्रममा ढुङ्गा लाग्दा आज एक महिनाका शिशु रेमन परियारको मृत्यु भएको हो ।

लु १ क ४२२३ नम्बरको स्कालोडरले खन्दै गर्दा अचानक ५० मिटर तल रहेको पहलसिंह परियारको घरमा लागेर कोठा भत्कन जाँदा घरभित्र शिशुलाई तेल घसिरहेको अवस्थामा ढुङ्गा लाग्दा मृत्यु भएको हो ।

मृतककी आमा २२ वर्षकी ज्योती परियार घाइते भएको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083