अनेरास्ववियू (काठमाडौ- सिन्धुपाल्चोक)सम्पर्क समिती गठन

10.84K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थापन समुह (प्रचण्ड-माधव)को भातृ संगठन अनेरास्ववियूले (काठमाडौ- सिन्धुपाल्चोक)सम्पर्क समिती गठन गरेको छ।

सिन्धुपाल्चोक बाट काठमाडौमा अध्यन गर्दै आएका विद्यार्थीलाई भेला तथा प्रशिक्षण गर्दै (सिन्धुपाल्चोक-काठमाडौ) सम्पर्क तदर्थ समिति गठन गरेको हो। संयोजकमा सरोज कोइराला र र सह- संयोजकमा राज आचार्य सहितको ५२ जना सदस्यको कमिटी गठन भएको हो।

नेकपाको केन्द्रिय कार्यलय पेरिस डाँडामा आयोजित कार्यक्रममा अनेरास्ववियू नेता आरती लामाको प्रमुख अतिथि तथा विशेष अतिथिमा अनेरास्ववियू केन्द्रिय सदस्य श्याम रोक्का, रन्जित आचार्य, महेश श्रेष्ठ,तोक बहादुर तामाङ तथा पार्टी नेताहरू उपस्तिथि रहेको थियो।

कार्यक्रममा बोल्दै नेता आरति लामाले ओलीले संसद विघटनको निर्णय गरेर राष्ट्रघाती कदम चालेको जनाएको हुन् । प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक पदको गरिमा जोगाउन नसकेको आरोप समेत लगाएकी हुन् ।

त्यस्तै नेता श्याम रोक्काले प्रधानमन्त्रीको कदमविरुद्ध आम विद्यार्थी एक जुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकवद्ध हुनसमेत आह्वान गरेका छन् । कार्यक्रम रमेश आचार्यले संचालन गरेका हुन् तथा कमिटीको घोषणा अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला स-सयोजक हिरा चौलागाईंले घोषण गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083