“ओलीसँग एउटा शक्ति छ, साइबर सेना भनिने साइबर स्याल”-घनश्याम भुसाल

16.03K
shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाए । कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको उनले बताए । सर्वोच्च अदालतमा दिएको जवाफमा ओलीले ७ ठाउँमा दुई तिहाइ चाहिएकाले संसद भंग गरेको भन्दै उनले अघि भने, ‘आफूले दुई तिहाइ ल्याउने सुनिश्चित नहुँदासम्म केपी ओलीले चुनाव गराउँदैनन् ।’

त्योभन्दा पनि ठूलो ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरेकाले उनलाई पराजित गर्नैपर्ने भएको उनले बताए । प्रधानमन्त्री ओलीलाई अझै पनि आफूले जित्छु भन्ने लागेको भन्दै नेता भुसालले अघि भने, ओलीसँग अब दुई वटा शक्ति मात्र छ । एउटा साइबर सेना भनिने साइबर स्याल छ ।’

अर्को शक्ति ओली र उनका नेताहरुले भन्ने गरेको सेटिङ भएको भन्दै उनले त्यो जसुसी उपान्यासमा मात्र हुने बताए । ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने भन्दै उनले अघि भने, ‘यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ ।’


divya collage
unigloble collage