संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

3.47K
shares

काठमाडौं। संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक र सरोकारवालाहरु माइतीघरमा ब्‍यानर पर्चा र पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

पम्प्लेटमा बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्ने जस्ता माग अगाडी सारेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083