एसएसपी नवराज अधिकारीको प्रमुख आतिथ्यतामा ‘’ सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान ’’ सम्पन्न

7.79K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक प्रहरी प्रभाग कलंकीको वडा एरियामा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यतामा ‘’ सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ ’’ कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी मधु कुमार थापा, प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी एलिजा गिरी, का.म.न.पा.वडा न.१४ का वडा अध्यक्ष सुमन श्रेष्ठ, विभिन्न यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक, सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा ट्राफिक व्यस्थापन, सवारी दुर्घटना न्यूनिकरण र मनसुनजन्य विपद व्यवस्थापन लगायतका विषयबस्तुमा अन्तर्क्रियात्यमक कार्यक्रम गरीएको साथै नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक, सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा वाफलदेखि कलंकीचोक सम्म सचेतनात्मक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083