अन्तर्राष्ट्रिय स्तरको ग्लोबल लिडर्स एसेम्बलीमा अश्मा न्यौपानेको प्रेरणादायी सहभागिता

5.33K
shares

काठमाडौं । हायात रेजेन्सी, काठमाडौंमा सम्पन्न ग्लोबल लिडर्स एसेम्बली २०२५ मा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने हस्तीहरू सहभागी भएका थिए। विशेषत: यो सम्मेलन विश्वभरिका नेताहरू, उद्यमीहरू, महिला अगुवा र परिवर्तनकारी सोच भएका व्यक्तिहरूको भव्य जमघटका रूपमा सम्पन्न भयो।

यस महत्वपूर्ण सम्मेलनमा अश्मा न्यौपाने नेपालको तर्फबाट विशिष्ट सहभागिता जनाउने एक मात्र महिला थिइन्, जसले उहाँको पहिचानलाई अझ फराकिलो बनाएको छ।

मिडिया, नेतृत्व र सामाजिक उत्तरदायित्वमा लामो अनुभव बोकेकी अश्मा न्यौपानेले सम्मेलनको विभिन्न सत्रहरूमा भाग लिंदै नेपालमा नेतृत्व, नारी सशक्तिकरण, युवाको भुमिका र अन्तर्राष्ट्रिय पहिचानबारे महत्वपूर्ण धारणा राखिन्।

कार्यक्रमको एक सत्रमा बोल्दै उहाँले भनिन्:
“सपना देख्नेहरू धेरै छन्, तर ती सपना साकार पार्नेहरू कम हुन्छन्। म आज यहाँ छु, किनकि मैले आफ्नै बाटोमा विश्वास गरेँ। ग्लोबल लिडर्स एसेम्बलीले मलाई आत्मविश्वास, अन्तर्राष्ट्रिय नेटवर्क र आगामी यात्राको दिशानिर्देश दिएको छ।”

सम्मेलनको विभिन्न गतिविधिहरूमा उहाँको सक्रिय सहभागिता, विचारहरूको स्पष्टता र आत्मविश्वासपूर्ण प्रस्तुतिले उहाँलाई सहभागीहरूको बीचमा छुट्टै पहिचान दिन सफल रह्यो।

कार्यक्रमको समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले थप भनिन्:
“नेपालका महिलाहरूमा अपार क्षमता छ। अवसर र सहारा पाए उनीहरू विश्वसामु उदाहरण बन्न सक्छन्। मलाई खुशी लागेको छ, म त्यो उदाहरणको एक सानो प्रतिनिधि हुन सकेँ।”

ग्लोबल लिडर्स एसेम्बलीमा अश्मा न्यौपानेको सहभागिता केवल व्यक्तिगत उपलब्धिमात्र नभई, नेपाली महिलाहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रेरणाको स्रोत पनि बन्न पुगेको छ।


Mitsubishi Long Ad