स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा ध्यान तथा योग कक्षा सन्चाल

8.4K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले ध्यान तथा योग कक्षा सन्चाल गरेको छ।  स्ववियुकाे आयाेजनामा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे प्रमुख आतिथ्यतामा स्ववियु अध्यक्ष भुमिराज अधिकारीकाे अध्यक्षतामा उद्घाटन गरी आज देखि सन्चालन भएको हाे ।

याेग प्रशिक्षक झमक बहादुर कार्की, मधुसुदन लामिछानेले प्रशिक्षककाे रुपमा ध्यान तथा योग कक्षा सन्चालन गरेका थिए।

 

ध्यान तथा याेग शिक्षा स्वस्थ्य अनुसासनसँग जाेडिएकाे बिषय रहेकोले विद्यार्थीहरुलाई मध्यनजर गर्दै नियमित (दैनिक) रुपमा बिहान याेग कक्षा सन्चालन हुने स्ववियु अध्यक्ष भुमिराज अधिकारीले बताए । साथै उक्त कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई उपस्थितिको लागि अध्यक्ष भुमिराज अधिकारीले हार्दिक अपिल समेत गरेका छन्। स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले नियमित रुपमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकाे छ।

उक्त कार्यक्रममा प्रध्यापक, स्ववियु पदाधिकारी, सदस्यहरु विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083