जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा अन्तर कार्यालय ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न

6.59K
shares

काठमाडौ । अन्तर कार्यालय ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा सञ्चालन भएको अन्तर कार्यालय ब्याड्मिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हाे । जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहत प्रहरी वृत्तहरू समेतबाट १७ वटा टिमहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नगर प्रहरी कार्यालय, काठमाडौंले प्रथम, जिल्ला प्रहरी परिसर, काठमाडौंले द्वितीय र प्रहरी वृत्त बौद्धले तृतीय स्थान हासिल गरेका थिए ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले खेलमा सहभागी सबै प्रहरी कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्ता प्रकारका अतिरिक्त क्रियाकलापले प्रहरी कर्मचारीहरूमा सकारात्मक उत्प्रेरणा, शारीरिक फिटनेस, आत्मबल अभिवृद्धि र आपसी समन्वय सुदृढ गर्न मद्दत पुग्ने समेत उल्लेख गर्नु भएकाे थियाे।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083