एसपी फणिन्द्र प्रसाई गण्डकी प्रदेश भरिमै उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल

2.02K
shares

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाई गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

एसपी प्रसाई २०८३ साल श्रावण महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित हुनुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले संगठनको नीति निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भई उच्च सुझबुझका साथ सम्पादन गरेको भन्दै प्रसाईलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

श्रावण महिनामा बागलुङ जिल्लामा भएका फरक–फरक घटनामा २ जना व्यक्तिको हत्यामा संलग्न ५ जना अभियुक्त, ६ जना फरार प्रतिवादी, अवैध वन पैदावारअन्तर्ग काठसहित २ जना, जबरजस्ती चोरीमा संलग्न ३ जना तथा अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रसाईले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रसाईलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीद्धारा हस्ताक्षरित प्रमाणमत्र प्रसाईलाई प्रदान गरिएको हो । प्रहरीले हरेक महिना उत्कृष्ट प्रहरी घोषण गर्ने गरेको छ ।


divya collage
unigloble collage