मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको आयोजनामा ७१औँ प्रहरी दिवस–२०८३ कार्यक्रम सम्पन्न

377
shares

जनकपुर। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यता तथा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिब ४८० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन सिंह, मध्यपूर्व पृतना हेडक्वार्टर बर्दिवासका उपरथी भुवन खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायत विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी, पूर्वप्रहरी कर्मचारी, अमर प्रहरीका परिवारजन तथा प्रहरी कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु प्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। दिवसको अवसरमा आयोजित जनचेतनामूलक टिकटक प्रतियोगितामा उत्कृष्ट भिडियो निर्माण गर्ने सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का गुन्जेश्वर कुमार चौधरीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

त्यसैगरी, प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई पहिलोपटक मधेश प्रदेशको वर्षको सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरिएको थियो। विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार, प्रहरीलाई सहयोग पुर्‍याउने व्यक्तित्वलाई प्रशंसापत्र तथा अवकाश प्राप्त ज्येष्ठ प्रहरी कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा मुख्यमन्त्री यादव र मन्त्री महतोले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै, पूर्वप्रहरी कर्मचारी तथा अमर प्रहरीका परिवारजनसँग अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमको अन्त्यमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। उहाँले सहभागी सम्पूर्णलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रम सम्पन्न भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083