मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई

18.33K
shares

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।

‘एयरलाइन्स कृटिज एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु¥याएबापत सोे पुरस्कार प्रदान गरेको हो । एशोसिएशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो पुरस्कार ग्रहण गरेका छन् ।

एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पु¥याएको सेवालाई समेटेरे भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट अवार्ड जित्न सफल भएको निगमका सहप्रवक्ता सुुलेख मिश्रले जानकारी दिए ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षा, यात्रु र उड्यन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो पुरस्कार प्रदान गरिएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

वायुसेवा कम्पनीका कर्मचारीले यात्रुलाई गर्ने व्यवहार, चालक दलले गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्य लगायत मापदण्डका आधार सो पुरस्कार छनौट गर्ने गरिन्छ । यसअघि थाइएयर र फिन एयरले सो पुरस्कार प्राप्त गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083