तारकेश्वरमा प्रशासनिक भवन बन्दै

तारकेश्वर नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्ने भएको छ ।

साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएको नगरपालिकाले करीब १६ रोपनी क्षेत्रफलमा सबै विषयगत शाखा र नगरको प्रशासन सञ्चालनका लागि सभाकक्षसहित आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्ने छ ।

आगामी ३० महिनाभित्र भवन निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताउनुभयो ।

रु १७ करोडमा बन्ने भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट ६० र नगरपालिकाबाट ४० प्रतिशत रकम विनियोजन गरिएको छ ।

नयाँ बन्ने भवन चारतले अपाङ्गमैत्री हुने जनाइएको छ । हाल प्रयोग भएको साविकको गाविस भवन हो ।

गाविसको साँघुरो भवनबाट सेवा प्रवाहमा समस्या हुँदै आएको तथा आफ्नै सभाकक्ष नहुँदा सभा र कार्यक्रम निजी बैंकेट र होटलमा हुने गरेको छ ।

१८ मंसिर २०७७, बिहीवार १४:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु