शरिरका कुन अंग फर्फराउँदा के हुन्छ ? थाहा पाउनुहोस्

23.3K
shares

ज्योतीष शास्त्रमा शरिरका बिभिन्न अंगहरु फर्फराएको राम्रो र नराम्रो फलहरुको बारेमा चर्चा गरिएको छ । कुनै अंग फर्फराउनु शुभ मानिन्छ भने ,कुनै अंग पर्फराउनु अशुभ ।

सामान्यतया दाहिने अंग फर्फराउनुलाई शुभ मानिन्छ । देब्रे अंग फर्फराउनुलाई अशुभ ।

त्यस्तै स्त्रीहरुको लागी देब्रे अंग फर्फराउनु शुभ हुन्छ र दाहिने अंग फर्फराउनु अशुभ ।

थाहा पाईराख्नुहोस् कुन अंग फर्फराउँदा राम्रो र कुन फर्फराउँदा नराम्रो फल मिल्छ ।

ओठ

माथिल्लो ओठ फर्फरायो भने मिठो भोजन प्राप्त हुन्छ । तल्लो ओठ फर्फराउँदा पे्रमी वा पे्रमीकाबाट सुख प्राप्त हुन्छ ।

गाला,कम्मर

दाहिने गाला र कम्मरको दाहिने भाग फर्फराउनुलाई शुभ शंकेत मानिन्छ ।

यस्तो हुँदा धन लाभ हुन्छ । तर देब्रे भाग फुर्यो भने अशुभ मानिन्छ । यदि कसैको दुवै गाला फर्फरायो भने धन प्राप्त हुन सक्छ ।

खुट्टाको पैतला

दाहिने खुट्टाको पैतला फर्फराउनुलाई अशुभ मानिन्छ । यस्तो हुदा कठीनाईको सामना गर्नु पर्ने हुन्छ । तर देब्रे खुट्टाको पैतला फर्फरायो भने यात्रामा जाने अवसर मिल्छ । त्यस्तै यदि दाहिने खुट्टाको पिडुला फर्फरायो भने अचानक धन लाभ हुन्छ ।

तिघ्रा

देब्रे खुट्टाको तिघ्रा फुर्दा हामीलाई अपमानीत हुनुपर्छ । त्यस्तै दाहिने तिघ्रा फर्फराउँदा भने धन लाभ हुन सक्छ ।

घाँटी

घाटी फर्फराउनुलाई शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको मान सम्मान बढेर जान्छ । समाजमा प्रसिद्धी बढ्नुका साथै सुख सुविधा पनि प्राप्त हुन्छ ।

आँखी भौँ बिचको भाग

यदि कसैको दुवै आँखि भौको बिच भाग फुर्यो भने सुख सुविधा प्राप्त हुन्छ । यस्ता मानिसहरुले निकट भविष्यमा कुनै ठुलो उपलब्धी हासील गर्छन् ।

ओठ

यदि दुवै ओठ सँगै साथ फुर्यो भने उनीहरुलाई भाग्यले साथ त दिन्छ नै साथै धन लाभ पनि हुन्छ । ओठको दाहिने कुना फर्फरायो भने अचानक धन लाभ हुन्छ । तर ओठको देब्रे कुना फर्फरायो भने तपाँईको प्रिय बस्तु हराउन सक्छ ।

आँखा

दाहिने आँखा या आँखी भौ फर्फरायो भने कुनै बिशेष ईच्छा पुरा हुन्छ । त्यस्तै देब्रे आँखा वा आँखी भौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ ।

मुख

मुख फर्फरायो भने छोराको शुभ समाचार मिल्छ ।