१५ हजार रूपैयाँ घुस लिएको भन्दै मालपोतका खरिदार बिरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८० जेठ २९ सोमवार १८:०५
4.49K
shares
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । १५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।































