इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता पेजेस्कियान विजयी

Nepal Life Insurance Long Ad

काठमाडौँ । इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका छन् ।

चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् ।

जुन २८ मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन नसकेपछि दुवैबीच दोस्रो चरणको प्रतिष्पर्धा भएको हो । त्यस समयमा इरानमा अहिलेसम्मकै सबै भन्दा कम मतदान प्रतिशत ४० प्रतिशत रहेको थियो ।

इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कदै गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित ९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।

२२ असार २०८१, शनिवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु