रौतहटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वि.सं.२०८३ जेठ १३ बुधवार २१:२२
325
shares
shares

रौतहटको चन्द्रनिगाहपुरस्थित महेन्द्र राजमार्गमा यात्रुवाहक बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ख ७२४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना२५प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलामको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि बस चालक मकवानपुरको गढी गाउँपालिका–३ निवासी लक्ष्मीभक्त ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने बस पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार मृतकको शव चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।





























