सम्पत्ति शुद्धीकरण विभागद्वारा विष्णुप्रसाद पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु

1.63K
shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनी पार्टीको कार्यक्रमका सिलसिलामा सुर्खेत पुगेका बेला नियन्त्रणमा लिइएको बताइएको छ।

उच्च सुरक्षा स्रोतले पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। पक्राउसँग सम्बन्धित आरोप तथा अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेकाले सम्बन्धित निकायहरूले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाइएको छ। यस घटनाले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ भने अनुसन्धानको नतिजाप्रति चासो बढेको छ।


divya collage
unigloble collage