एसियन गेम्सका लागि खेलकुदमन्त्री पोखरेलसहित २११ सदस्यीय टोली जापान जाने

169
shares

२५ भदौ, काठमाडौं । आगामी असोज ३ गतेदेखि जापानमा सुरु हुने २०औँ एसियन गेम्समा सहभागी हुन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित २११ सदस्यीय नेपाली टोली जापान जाने भएको छ ।

नेपाली टोलीको नेतृत्व मन्त्री पोखरेलले गर्नेछन् भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता ‘चिफ द मिसन’का रूपमा जापान जानेछन् । टासी घलेलाई डेपुटी ‘चिफ द मिसन’को जिम्मेवारी दिइएको छ ।

मन्त्री पोखरेलका निजी सचिव दिवाकर भुजेल पनि मन्त्रालयको अतिथिका रूपमा टोलीसँगै जापान जाने भएका छन् । त्यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ तथा सदस्यहरू पवन शाही र शक्ति गौचन पनि टोलीमा छन् । अर्थ मन्त्रालयका प्रतिनिधि सुवोध खतिवडा पनि जापान जाने सूचीमा रहेका छन् ।

राखेपबाट खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, अधिकृत सानुराजा केसी, प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, लेखा शाखा प्रमुख रिखिराम पोखरेल, खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, प्रशासन शाखा प्रमुख भोजानन्द राई, कार्यालय सचिव सुजनलाल श्रेष्ठ र स्टोर शाखा प्रमुख देवराज कटुवाल पनि जापान जानेछन् ।

यसैगरी राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठसमेत एसियन गेम्समा सहभागी हुने नेपाली टोलीमा समेटिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083