फिर्ता भए निमित्त प्रमुख प्रशासकीय अधिकृत

Nepal Life Insurance Long Ad

डोटी । दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ । हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिका लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत स्थायी पदपूर्ति गर्न पत्राचारसहित पहल गरिरहेको बुझिएको छ ।

जिल्लाका नौ स्थानीय तह मध्य बडिकेदार र आदर्श गाउँपालिकाबाहेक सबै स्थानीय तहमा निमित्तको भरमा काम हुँदै आएको छ । डोटीका स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिकामा शाखा अधिकृत खेमराज गुरुङ, शिखर नगरपालिकामा शाखा अधिकृत धर्मराज विनाडी, पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, केआई सिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायत, वोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार र जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खत्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेका छन् ।

नयाँ सङ्घीय संरचनामा जिल्लास्थित विषयगत कार्यालयको अधिकार र जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिएको छ । समायोजनका कारण स्थानीय तहका विषयगत शाखामा कर्मचारीको अभाव र विषयगत शाखाको प्रमुखलाई स्थानीय तहको प्रमुखको जिम्मेवारी दिँदा विषयगत शाखाको कार्यक्रम गुणस्तरहीन भएको भन्ने स्थानीय सेवाग्राहीको जनगुनासो आएको थियो । नयाँ संरचनामा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तर र गाउँपालिकामा शाखा अधिकृतस्तरको हुनुपर्ने व्यवस्था रहेको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...