पुस्तकबाट ‘ताङ्तिङ’ चिनाउँदै प्रधानाध्यापक गुरुङ
वि.सं.२०७७ माघ ४ आइतवार १९:१५
shares

kf]v/f, $ df3M tfªltª d]/f] ufpF ljdf]rg sf:sL dfbL ufpFkflnsf@, lxdfno ldng dfljsf k|wfgfWofks cf]dk|sfz u'?ªåf/f lnlvt tfªltª d]/f] ufpFÚ k':ts cfOtaf/ kf]v/fdf ljdf]rg ub}{ dfbL ufpFklfnsfsf cWoIf a]baxfb'/ u'?ªnufotsf cltly . tl:a/M /flwsf sF8]n÷/f;;
कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेख्नुभएको छ । उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो क्लोरासोंथरको सहित ताङ्तिङको चिनारीलाई ‘ताङ्तिङ मेरो गाउँ’ मा उतार्नुभएको हो ।
शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँ पछिल्लो समयमा ताङ्तिङलाई पर्यटकीय गाउँ बनाउन ‘जाउँजाउँ ताङ्तिङ’का अभियानमा समेत सक्रिय हुनुहुन्छ । लाहुरे परिवार र संस्कृतिमा हुर्किएका उहाँ तत्कालीन समयमा लाहुरे बन्ने सपना त्यागेर शिक्षाको ज्योतिबाट गाउँलाई चिनाउन सक्रिय बन्नुभयो ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट भूगोलमा स्नातकोत्तर गर्नुभएका उहाँले २०७० सालमा कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चु हि स्कुल अफ पोलिसी एण्ड समुलबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा दोस्रो स्नातकोत्तर गर्ने अवसर प्राप्त गर्नुभयो ।
देशविदेशको फरक जीवनशैली, फरक परिवेश रहनसहन र संस्कृति देख्दा भोग्दा र अनुभव गर्दा नवीनतम सोंचले उहाँलाई आफ्नो गाउँप्रति माया जगाएको छ भने जन्मभूमिका लागि केही गर्न पनि प्रेरित ग¥यो ।
उहाँले ताङ्तिङ मेरो गाउँमा छोटाछोटा ३० वटा संस्मरणलाई गाउँको समग्रतासहित विदेश घुम्दाका अनुभवलाई उर्तानुभएको छ । “म गाउँमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ, त्यसैले पहिलो कृतिका रुपमा ताङ्तिङ मेरो गाउँ ल्याएको छु”, उहाँले भन्नुभयो, “यसमा गाउँको शैक्षिक अभियान, जीवनशैली, सूचना र प्रविधिका कथा, पर्यटन, बाल्यावस्था सामाजिक प्रयास विद्यालयदेखि विश्वविद्यालयका कथा र यात्रा संस्मरणलगायतका अन्य कुरा उतार्ने प्रयास गरेको छु ।”
ग्रामीण पर्यटनका प्रवद्र्धनका अभियानकर्मी एवं पत्रकार अमृत भादगाउँलेले पोखरादेखि २१ किलमोटिर उत्तरपूर्व अवस्थित सुन्दर गाउँ ताङ्तिङलाई चिनाउन गुरुङको किताबले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “ग्रामीण जीवनशैली र गुरुङ संस्कृति अध्ययनका लागि यो पुस्तक निकै उपयुक्त छ, मासिँदै गएका र विस्थापित हुँदै गएका ग्रामीण जीवनका धेरै यथार्थता यस पुस्तकमा समेटिएको छ । ” उहाँले भन्नुभयो ।
पुस्तकको समीक्षा गर्दै पत्रकार जमुनावर्षा शर्माले गुरुङ समाजको यथार्थतासहित त्यस क्षेत्रको भौगोलिक, सांस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न पक्षलाई उजागर गरेको बताउनुभयो । मादी गाउँपालिकका अध्यक्ष बेदबहादुर गुरुङ९श्याम०ले गाउँको चिनारी बोकेको पुस्तक प्रकाशन हुनु निकै गर्वको कुरा भएको बताउनुभयो । उहाँले नागरिकमा लेखक गुरुङको जस्तो चेतना र ऊर्जा हुनसके गाउँविकासमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकका बारेमा धारणा राख्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई ग्रामीण क्षेत्रका पर्यकीय गन्तव्य र त्यसका पहिचानलाई पुस्तकका माध्यमबाट चिनाउन सहज हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ताङ्तिङ प्राकृतिक सुन्दरता रहनसहन संस्कृति लोभलाग्दो भएको उल्लेख गर्दै पुस्तकले यस क्षेत्रको महत्वलाई विस्तृतरुपमा उजागार गरेको बताउनुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशले उक्त पुस्तक पोखरामा विमोचन गरेको थियो । भिटोफका अध्यक्ष नवराज अधिकारीले गाउँको जनजीवनलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा गुरुङ लिखित पुस्तक ताङ्तिङ मेरो गाउँ निकै उपयोगी हुने बताउनुभयो ।
















