आजको पत्रपत्रिका : निर्मला हत्या प्रकरण : परिवार अनिश्चितकालीन धर्नामा

Nepal Life Insurance Long Ad

निर्मला हत्या प्रकरण : परिवार अनिश्चितकालीन धर्नामा

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्न भएका हुन् ।

साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए ।

न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु, शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।

नेकपा : एकता पक्रिया टुङ्ग्याउन के गर्दैछ कार्यदल ?

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ । नेकपा सचिवालय बैठकले यही कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीअनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए ।

कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भए पनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरिएको थियो ।

उपत्याकामा फोहोरकै चिन्ता, व्यवस्थान भयो ८ मेट्रिक टन

काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ७१० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

छठ पर्वलाई ध्यान दिएर गुह्येश्वरी नजिकको वाग्मती किनारमा सफाइ गरिएको हो । सफाइसँगै अमेरिकाको ग्रीन हर्ट ब्याण्डले पानी जीवन हो भन्ने भावको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी भएकी थिइन्।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४८ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै ग¥यो । तिलगङ्गा महिला समूहले १८९औँ हप्ता र आलोकनगर सफाइ अभियानले ८३औँ हप्ताको सफाइसमेत गुह्येश्वरीमै गरेका थिए ।

रुद्रमती सफाइको २४२औँ हप्तामा रातोपुल–सेतोपुल हुँदै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर क्षेत्रसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताए ।


वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

२०७७ चैत १४ शनिवार

इलाम : महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको...

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

२०७७ पुस ४ शनिवार

 नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार...

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

२०७७ पुस २ बिहीवार

काठमाडौँ । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको...

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

२०७७ पुस २ बिहीवार

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९...

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

२०७७ पुस १ बुधवार

भ्रष्टाचार बढाएको र विधि–विधानको अपमान गरेको आरोपमा पार्टीभित्रै चर्को दबाब...

यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

२०७७ मंसिर २९ सोमवार

राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २...