आजको पत्रपत्रिका : निर्मला पन्तका बुबालाई ‘साइकोटिक डिस्अर्डर’

5.29K
shares

निर्मला पन्तका बुबालाई ‘साइकोटिक डिस्अर्डर’

काठमाडौँ । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।

पछिल्लो पटक सिन्धुलीपाल्चोक बाह्रबिसे थापाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिइन् ।

महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल\सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । महालेखाले विदेशबाट वार्षिक रुपमा भित्रिएको रकम तथा खर्चको यकिन विवरणबारे ‘कार्यमूलक लेखापरीक्षण’ अन्तर्गत नै छानबिन थालेको हो ।


Mitsubishi Long Ad