आजको पत्रपत्रिकाः तेल ‘चोर्न’ पाउनुपर्ने भन्दै चालकहरूको आन्दोलन
वि.सं.२०७५ मंसिर २४ सोमवार ०८:०४
shares

काठमाडौं । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे।
नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो।
डा. भट्टराईलाई च्याँख्ला, पीठो र गुन्द्रुक उपहार
खोटाङ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रुक उपहार दिइएको छ ।
पाँच दिनका लागि खोटाङ आएका नयाा शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि बास्बोटेका प्रधानध्यापक जसराज किराँतीले गुन्द्रुक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले कोदोको पीठो उपहार दिएका हुन् ।
शनिवार बिहान दित्तलेस्थित हाटडाँडामा भएको कार्यक्रममा पछिल्लो समय गाउँघरमा उत्पादन भएका यस्ता कृषिजन्य वस्तुको औचित्य घट्दो अवस्था रहेको भन्दै भट्टाईलाई यस्तो उपहार दिइएको वडाध्यक्ष राईले जानकारी दिए ।, आजकोकारोवार दैनिकमा छ ।
डेढ सय वर्ष पुरानो गाउँ: खोलाको पानी पिउँछन्, सिटामोल लिन सात किलोमिटर हिँड्छन्
वीरगन्ज । गाउँमा एउटै पसल छैन । स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन । भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन।
यो खबर आजको अन्नपुर्ण पोष्टमा छ, सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ । यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो र यहाँ राज्य छैन।
सिकारीवास पर्साको ठोरी गाँउपालिका–३ मा पर्छ। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रम्हनगर गाँउको चोकबाट उत्तरतिर सात किलोमिटर जंगलको गोरेटो पार गरेपछि पुगिन्छ सिकारीवास। यो गाउँ अहिले खोरिया फाँडेर बसाइएको होइन।
ठोरी गाउँपालिकाकै पुरानो बस्ती सिकारीवास डेढ सय वर्ष पहिले बसाइएको हो। पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीचमा छ यो बस्ती। यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, पिउने पानी, सडकजस्ता राज्यबाट पाउनुपर्ने सबै सुविधाबाट वञ्चित छन्।
लिपिस्टिकमा ७३ प्रतिशत र स्किन क्रिममा ७० प्रतिशतसम्म हानिकारक रसायन
कान्तिपुरले सौन्दर्य सामग्रीमा केमिकलको बढ्दो प्रयोगबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार लिपिस्टिकमा ७३ प्रतिशत र स्किन क्रिममा ७० प्रतिशतसम्म हानिकारक रसायन छ ।
गुणस्तर तथा नापतौल विभागले गरेको अध्ययन अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कस्मेटिक सामीमा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी पाइएको छ । डब्लुएचओले मर्करीको मात्रा १ पीपीएम मात्रै तोकेको छ । विभागले परीक्षण गर्दा १३ हजार ९ सय ५४ पीपीएसम्म भेटिएको छ । पपया, लोटस, ओले, नेपाली ब्रान्ड सोनाटा, डेकोर, न्यू लुकलगायतमा मापदण्डभन्दा बढी रसायन पाइएको हो । विभागका अनुसार, यस्तो सौन्दर्य सामग्रीको प्रयोगले प्रजनन क्षमता घटाउनेदेखि क्यान्सरसम्म हुनसक्छ ।

























