जंगलको बीचमा सुन्दर ताल तर तालमा खस्दैन एउटै पात (फोटोफिचर र भिडियोसहित)

Nepal Life Insurance Long Ad

काठमाडौं । प्राकृतिक रुपमा निकै नै सुन्दर रहेको बेदकोट ताल धार्मिक रुपमा पनि धेरै नै महत्वपूर्ण मानिन्छ । यो ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २२ किलोमिटर टाढा बेदकोट नगरपालिकामा पर्छ ।

महेन्द्रराजमार्गबाट १३ किलोमिटर उत्तरतर्फ रहेको यो तालको आफ्नो छुट्टै महत्व छ । यो तालको चारैतिर पहाडै पहाड र रुखहरु भए पनि तालमा कहिल्यै एक पातसमेत नखस्ने विश्वास गरिन्छ । चुरेपहाडको फेदमा अवस्थित यो ताल समुद्र सतहदेखि झण्डै ३ सय मिटर उचाईमा रहेको छ ।

सुदुरपश्चिमकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस तालको क्षेत्रफल ५ सय ८० मिटर लम्बाई र २ सय ६० मिटर चौडाई रहेको छ । तालको गहिराइ भने अझैसम्म पत्ता लागेको छैन । ऐतिहासिक धरोहरको रुपमा रहेको बेदकोट क्षेत्र प्राकृतिक रुपले सौन्दर्य सम्पन्न भए पनि राज्यले चासो नदेखाएकाले ओझेलमा परेको छ ।

ताल नजिकै कञ्चनपुर जिल्ला कै प्रसिद्ध आराध्य देव शिवको मन्दिर रहेको छ । मन्दिरमा पुजापाठ, विवाह, ब्रतबन्ध लगायतका शुभकार्यहरु पनि हुने गरेका छन् । ताल वरिपरि जंगल रहेको छ । प्रकृतिक सुन्दरतासँगै रम्दै शान्त मनले शिवको दर्शन पनि गर्न पाइने भएकाले पनि यो तालको महत्व अझै बढी छ ।

बाटो कच्ची भएकाले तालसम्म पुग्न केही कठिन भए पनि यो तालको सुन्दरताले यहाँ घुम्न आउने पर्यटकको मन लोभ्याउने गर्दछ । झन्डै ४ दशकदेखि तालको चर्चा गरिँदै आए पनि तालको राम्रो व्यवस्थापन भने हुन सकेको छैन । बाटोको सुविधासँगै यो क्षेत्रको प्रबद्र्धन गर्न सके यो ताल देशकैै आकर्षक पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

२०८२ जेठ १६ शुक्रवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले बिद्यार्थी केन्द्रित...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...