म्याग्दीको तातोपानी कुण्डमा नुहाउँदै प्रचण्ड (फाटोफिचर)

Nepal Life Insurance Long Ad

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड परिवारसहित म्याग्दीको लोकप्रिय तातोकुण्ड पुगेका छन् । नशा तथा हाडजोर्नी सम्बन्धि रोग निको हुने विश्वास मानिएको तातोपानी कुण्डमा प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को परिवार पनि पुगेका हुन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आउने अपेक्षासहित तातोपानी पुगेका प्रचण्डले गृहमन्त्रीसँगै कुण्डमा स्नान गरेका थिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजेट अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका प्रचण्ड र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए । विश्राम, पारिवारिक भ्रमण र स्नान गरेर उपचारका लागि प्रचण्ड म्याग्दी आएका स्वकीय सचिव तथा छोरी गंगा दाहालले बताइन् ।

बेनी आउने वित्तिकै दाहालले नेकपाका नेताद्वय गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र नेता कार्यकर्तासँग अनौपचारिक कुराकानी गरेका थिए । गृहमन्त्री थापा भने प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालक केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

टोलीमा गृहमन्त्री बादलकी श्रीमती नैनकला थापा, छोरी र ज्वाईँ, प्रचण्डकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव महरा लगायत २४ जना छन् । उनीहरुसँगै तातोपानी कुण्ड अवस्थित वडा सिंगामा जन्मिएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ पनि आएका छन् । प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री हुँदा श्रेष्ठ योजना आयोगका उपाध्यक्ष थिए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

२०८२ जेठ १६ शुक्रवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले बिद्यार्थी केन्द्रित...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...