२४ सय अंग्रेज फौजलाई हराएको सिन्धुलीगढीको इतिहास, दरबार जीर्ण

२०७५ कात्तिक २९ बिहीवार
1.6K
shares
काठमाडौं । दुईसय पचास वर्ष पुरानो ऐतिहासिक सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ । १८२४ सालमा अंग्रेज फौजलाई हराएर चर्चा कमाएको यो ठाउँ पर्यटनको निकै सम्भावना भएपनि राज्यले उपेक्षा गरेका कारण जीर्ण बन्दै गएको छ ।
सिन्धुलीगढी दरबार जीर्ण बनेको छ । अहिले केहि भग्नावशेष मात्रै देखिन्छ । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी दरबारको यस्तो जीर्ण अवस्थाले त्यहा पुग्ने जो कोहि पर्यटक अचम्ममा पर्ने गरेको छ । यसको उचित संरक्षणमा किन ध्यान दिइएको छैनन, सबैको यहि जवाफ आउने गरेको छ ।
झण्डै तीन हजार वर्ग्मिटर क्षेत्रफल भएको सिन्धुलीगढीमा पर्यटकीय सम्भावना धेरै छ । काठमाडौंबाट बिपी राजमार्गको रमणीय नागबेली बाटो हुँदै सिन्धुलीगढी १ सय ३० किलोमिटरमा पुग्न सकिन्छ । सिन्धुलीमाढीबाट २० किलोमिटर उत्तरमा रहेको यो ऐतिहासिक गढी र दरबारको दर्शन गर्न पाइन्छ । बिपी राजमार्गको नागबेली बाटो हुँदै मोटरमा हुइकिँदै केही घन्टामै तराईबाट समेत त्यहाँ पुग्न सकिन्छ ।
त्यहाँबाट तराईका मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न सकिन्छ । गढी परिसरमै रहेको सिद्धबाबाको मन्दिर छ । जहाँ एकसय १२ वर्ष पुरानो घण्टी पनि छ । भर्खरै बनाइएको वनभोज स्थलले पर्यटक बढाउन सघाएको छ । त्यस्तै पुरानो शिलालेख पनि भेटिन्छ ।
यस्तो छ गढीको इतिहास
‘२४०० अंग्रेज फौजको नेतृत्व गर्दै आएका कप्तान किनलक नेपालीको निशानामा परे । नेपाली सेनाको नेतृत्व गरेका वंशु गुरुङ किनलक नेतृत्वको अंग्रेज फौजलाई हराउन आतुर थिए । वंशुले आदेश दिए्, ‘नर्हानु, हारेर नआउनु ।’ होचा कदका मस्सुर ठानिएका नेपाली सैनिकले छाती फुलाउँदै शत्रु अंग्रेज सेनामाथि धावा बोले । गोर्खाली सेनाले छापामार शैलीबाट सामरिक सिन्धुलीगढीमा अंग्रेज सेनालाई धुलोपिठो पारेर लखटेका थिए । यो घटना १८२४ साल कात्तिक २४ गतेको हो ।
अंग्रेजी फौजको त्यो हार दक्षिण एसियाकै पहिलो हार थियो । हो, त्यही ऐतिहासीक ठाउँ जसले विश्वमै साम्राज्य जमाएको ब्रिटिस सेनालाई धपाएको थियो । जहाँ वीर गोर्खाली सेनालाई त्यो ठाँउका अरिङगाल, अल्लो, सिस्नोले पनि सहयोग गरेका थिए । अरिङगालले चिलेर, सिस्नोले पोलेर, अल्लोले लिसो टाँसिएर अंग्रेजलाई धपाउन सघाएको अन्वेषणकर्ता बताउछन् ।
पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा बाधा र्पुयाउन काठमाडौंका तत्कालिन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई हराउन नेपाली फौजले यो ठाउँमा गढी बनाएको थियो । १८२४ साल कात्तिक २४ गते किनलकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोरखाली सेनाले सिन्धुलीगढीबाट धपाएको ईतिहासमा पढ्न पाउछौ ।
१८७३ सालमा सुरु नेपाल अंग्रेज युद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गर्नुभएको थियो । १८८६ सालको माघमा नेपालका भीमसेन थापा पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए ।

२०७५ कात्तिक २९ बिहीवार