अमेरिकालाई झस्काउने वनको डढेलो (फोटो फिचर)

8.45K
shares

सान फ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्निया राज्यका जंगलहरूमा लागेको डढेलोमा परेर ७६ जनाको ज्यान गइसकेको छ भने हजार भन्दा बढी मानिस बेपत्ता रहेका छन् । यस डढेलोमा परेर प्याराडाइज शहर पूर्ण रूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणका लागि ९ हजारबढी विशेष तालिमप्राप्त दमकलकर्मीहरू परिचालित छन् भने आगो नियन्त्रणका लागि विशेष हेलिकप्टर र विमानहरूको समेत प्रयोग भइरहेको छ ।

हाल आगो नियन्त्रणमा आइसकेको भएपनि आम जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । हराएकाहरूको खोजीका लागि विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग भइरहेको छ । ‘क्याम्प फायर’ नाम दिइएको यस भीषण डढेलोले मच्चाएको प्रलयका केही दृश्यः

 


unigloble collage
baneshwor multiple campus ad -2083