युवा युवतीमा लोकप्रिय बन्दै ल्होसार (फोटो फिचर)

8.68K
shares

काठमाडौं । आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ।

आज राजधानी काठमाडौंको खुल्लामञ्चमा पनि विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ यो पर्व मनाईंदैछ । खुल्लामञ्चमा आयोजित विशेष समारोहमा विशेष गरी युवायुवतीहरु आफ्नो जातिय पोशाकमा सजिएर आएका छन् । गुरुङ समुदायको ल्होसार भए पनि अन्य जातीहरुको पनि त्यहाँ उपस्थित देख्न सकिन्छ । तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित छ। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083