सरकारविरुद्ध राजधानीका सडकमा कांग्रेसको प्रदर्शन (हेर्नुहोस् २० फोटोमा)

4.93K
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजधानी काठमाडौंसहित ७७ वटै जिल्ला सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको छ। सरकारले दुई तिहाइ बुहमतको दम्भमा कम्युनिष्ट अधिनायकवादी र सर्वसत्तावाद सुरु गर्न लागेको भन्दै कांग्रेसले मुलुकभर जिल्ला सदरमुकाममा प्रदर्शन गरिरहेको छ ।

कांग्रेसले राजधानीको रत्नपार्कस्थित शान्ति वाटिकाबाट विरोध प्रदर्शन सुरु गरेको थियो । रत्नपार्क, बागबजार, पुतलीसडक प्रदर्शनीमार्ग हुँदै सहिद गेट हुँदै पुन शान्तिवाटिकामा पुगेर विरोधसभा गरेको छ । सरकारले जनभावना विरोधी कामलाई अगाडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा जनभावना विपरित काम गरेको भन्दै सरकार विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरेको थियो।

सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल खारेज गर्ने तथा डाक्टर गोविन्द केसीसँग भएको सहमति विपरित विपरित संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै केही समयसम्म कांग्रेसले सदन अवरुद्ध पारेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083