सर्वोच्च शिखर सगरमाथा आधार शिविरका मनै लोभ्याउने दृश्यहरु

9.98K
shares

काठमाडौं। नेपाललाई चिनाउने विश्वको छानो सगरमाथा प्रकृतिको अनुपम उपहार हो। नेपालीलाई नेपालको नागरिक भनेर नचिन्नेले पनि सहजै ‘एभरेस्ट’को देशको नागरिक भनेर चिन्छन्। त्यसैले नेपालीको पहिचानका लागि सबैभन्दा ठूलो सम्पदा नै सगरमाथा हो।

विश्वको सर्वोच्च शिखर सगरमाथा हामी माझ हुनु अर्को हाम्रो गौरव हो। जसले विश्वको ध्यान आकृष्ट गरेको छँदैछ, त्यस माथि यहाँका प्राकृतिक मनोरमका छटामा मोहित नहुने सायदै नहोलान्। सबैलाई मोहित पार्ने पूर्वमेची देखि पश्चिम महाकाली सम्म तहरै फैलिएका मोती झै चम्किला हिमालको दृश्यले जोकोहीलाई स्वर्गको अनुभूति गराउँछ। हिमालको सुन्दरता तस्वीरमा हेर्न जति सजिलो छ, नजिक पुगेर दृश्यावलोकन गर्नु त्यति सहज छैन्।


पर्यटकहरु यहाँ वसन्त ऋतुको पर्खाइमा पालमा २ महिनासम्म बिताउने गरेका छन् ।
हामीले कल्पना गरेको स्वर्ग जस्तै लाग्ने सगरमाथाको अवलोकन अझै कठिन र चुनौतिपूर्ण छ । आफैं पुगेर सगरमाथाको मनोरम दृश्य हेर्न भोक प्यास, उकालीओराली, दुःख कष्टको सामना गर्नुपर्छ।

उद्देश्यहीन गन्तव्यले लक्ष्य प्राप्ति हुँदैन। तीव्र इच्छा शक्ति छ भने सपना साकार हुन समय पनि लाग्दैन। धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन् नसके कम्तिमा सगरमाथाको आधार शिविर ९५,३६४ मिटरको उचाईमा भएपनि पुग्ने धोको राख्छन्। यो धोको पूरा गर्न सपना राखेर मात्रै हुँदैन साकार पार्न यात्रामा निस्किनै पर्छ। जसका लागि त्यहाँको वस्तुस्थिति र अवस्थाका बारेमा पनि पूर्व जानकारी लिनु अनिवार्य हुन्छ।


पृष्ठभूमिमा लिङट्रेन हिमाल ९६७४९ मिटर देख्न सकिन्छ । हरेक पालमा केबल २ जनामात्र बस्न सक्छन्। ईबीसी खुम्बु हिमझरना बाट देख्न सकिन्छ। हरेक वर्ष यहाँ २,५०० पदयात्री तथा आरोही आउने गर्छन्। आधार शिविरबाट विश्वकै अग्लो सगरमाथ ९८,८४८ मि।० नजिकबाट छर्लङ्ग देखिन्छ। सगरमाथाको शिखर चुम्नु जति मुस्किल छ त्यति असहज एभरेष्ट बेसक्याम्पको यात्रा हुँदैन। त्यसैले एभरेष्ट बेसक्याम्प ९ईबीसी० सम्मको गन्तव्य पर्वतारोहीलगायत सबैका लागि लोकप्रिय बन्दै गएको छ।

शेर्पा सँस्कृति, हिम झरनाको दृश्य, ऐतिहासिक बौद्ध गुम्बाको दर्शन तथा हिम नदीहरुको मनोरम दृश्यले ईबीसीको यात्रालाई थप रोचक बनाउँछन्। त्यसैले पनि धेरै पदयात्रीका लागि ईबीसीको पदयात्रा उच्च प्राथमिकतामा पर्नेगर्छ । ईबीसीमा पदयात्रीहरु लामो समयसम्म बसिरहन भने पाउँदैनन् । सगरमाथा आरोहीले भने सगरमाथाको शिखर चुम्नुअघि त्यहाँ केही दिन बिताउँछन् ।


उज्याला पालहरु, पृष्ठभूमिमा पुमोरी हिमाल ९७१६१ मिटर ईबीसीमा रातको समयमा तापक्रम न्यूनतम माइनस २० डिग्री सेल्सियस सम्म पुग्छ। हजारौँ पदयात्री हरेक वर्ष ईबीसी सम्म पुग्ने गर्छन्। समय र उर्जाको बचत चाहेन पदयात्रीले काठमाडौँ बाट सोझै लुक्लाका लागि उडान भर्दै ईबीसी सम्मको यात्रा तय गर्ने विकल्प पनि छ।


भरियाहरु बेसक्याम्पमा ग्याँसको सिलिण्डर बोकेर लैजाँदै। पदयात्रीहरुले ईबीसीमा खाना बनाउन पछिल्लो एक दशकयता ग्याँसको सिलिण्डरको प्रयोग गर्दै आएका छन्। २ वटा ग्याँसको सिलिण्डर सगरमाथाको क्याम्पसम्म लैजाने गरिएको छ। ईबीसीमा देखिएको हेलिकोप्टर। पदयात्रीहरु सगरमाथाको मनोरम दृश्यावलोकनका लागि हेलिकोप्टरको पनि पनि प्रयोग गर्दै आएका छन्। त्यसबाहेक हेलिकोप्टर उद्धारकार्यका लागि पनि प्रयोग हुने गरेको छ।

नुप्त्से हिमाल ९७८६१ मिटर०को श्रृङ्खलाबाट देखिएको सूर्योदयको दृश्य।

पदयात्राका क्रममा पर्यटकहरु खुम्बु हिमझरना लाई घुमेर पार गर्दै। सगरमाथाको आरोहण गर्नुअघि हरेक आरोहीले कम्तीमा २ पटक खुम्बु झरना घुमेर पार गर्नुपर्छ।

सगरमाथाको शिखर आरोहणका लागि तालिम गर्दै आरोहीहरु । तालिममा आरोहीहरु सगरमाथा अरोहण गर्दा प्रयोग गर्ने उपकरण चलाउन सिक्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083