पशुपतिमा शिवरात्रिको रौनक (फोटो फिचर)
वि.सं.२०८२ फागुन ३ आइतवार १०:३२
1.09K
shares
shares

काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।शनिबार रातिदेखि नै भीड बढेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छन् ।देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।















