बाबुरामको कटाक्ष : मिठो तरकारीमा गोबर मिसाएपछि खाने नि नखाने ?
वि.सं.२०७५ माघ ९ बुधवार १२:१८
4.82K
shares
shares

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसीको जीवन रक्षामा को कति सम्बेदनशील छन् भन्ने तथ्यांक सार्वजनिक गरेका छन् । बुधवार ट्वीट गर्दै डा.भट्टराईले ‘डा.केसीको जीवन रक्षा गरौँ ! को कति सम्वेदनशील तथ्यांकमा हेरौँ ! भन्दै तथ्यांक सार्वजनिक गरेका हुन् ।
‘डा.केसीले उठाएका स्वास्थ्य शिक्षा सम्बन्धी माग र उहाँको जीवन रक्षाबारे सधैँ साथ दिँदै आएका हामीजस्ता धेरे मानिसहरुलाई यसपटक त्यहाँ रहस्यमय ढंगले घुसाइएका असान्दर्भिक मागले धर्मसंकटमा पारेको छ है । मिठो तरकारीमा अलिकति गोबर मिसाइदिएपछि त्यसलाई खाने नि नखाने ? चतुरेहरुके चाल हो त यो ? भन्दै ट्वीट मार्फ प्रश्न गरेका छन् ।




























