नेकपाको जनवर्गीय संगठनको एकता अन्योलमा

6.88K
shares

काठमाडौं। एकीकरण भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको नेताकाको जनवर्गीय संगठनको एकता भने अझै अन्योलमा छ।

सचिवालय बैठकले जनवर्यीय संगठनको एकताको टुंगो लगाउने बताइएपनि जनवर्गीय संगठनको एकताको टुंगो लगाउन सचिवालयको बैठक बस्न सकेको छैन।

यसअघि एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनकालागि बनाइएको मापदण्डलाई ७७ जिल्लाका अध्यक्ष र सचिव चयन गर्दा मिचिएको छ। जिल्लाको एकताको टुंगो लगाउँदा अपनाइएको मापदण्ड नै जनवर्गीय संगठनको एकतामा तय गरिनुपर्ने आवाज उठ्न थालेको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अनौपचारिक छलफल भए पनि मापदण्डको टुंगो लाग्न सकेको छैन। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा रहेकाले पनि केही दिन सचिवालयको बैठक नबस्ने भएको छ।

नेताहरुले भने वैशाख १५ गते बस्ने सचिवालय बैठकले मापदण्ड तय गर्नुका साथै जनवर्गीय संगठनको एकताको टुंगो लगाउने बताएका छन। तर जनवर्गीय संगठनको एकता सुरु नहुँदै नेताहरु पोलिटब्युरो गठनमा जुटेपछि जनवर्गीय संगठनको एकता प्रभावित हुने देखिएको छ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बालुवाटारमा पोलिटब्युरो गठनबारे छलफल भएको छ। माधव नेपाल चीनबाट फर्केपछि बस्ने सचिवालयले दुवै विषयमा टुंगो लगाउने सहमति भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083