बालुवाटारमा फेरि जुटे नेकपाका शीर्ष नेताहरु

6.73K
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनको लागि आज छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र अन्य शीर्ष नेताहरु पनि सहभागी रहेको बालुवाटार स्रोतको दाबी छ।

हालै जिल्ला तहको अध्यक्ष तथा सचिवको नेतृत्व टुँगो लगाएको नेकपाले सांगाठनिक एकता पनि टुँगो लगाउनेगरि छलफलको आरम्भ गरेको छ। पार्टी एकता भएको एक वर्ष भन्दा बढि समय व्यतित भैसकेकोले अब ढिला नगरी सबै तह र तप्काको एकता टुँगो लगाउन पार्टी नेतृत्वलाई दबाब आएकोले नेताहरु छलफलमा जुटेका हुन्।

आजबाट संसदको अधिवेशन सुरु हुँदैछ। यस विषयमा पनि नेताहरुले छलफल तथा विचार विमर्श गरेको नेकपा निकट स्रोतको दाबी छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083