राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ गते हुने
वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:५३
5.58K
shares
shares

काठमाडौं । राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने भएको छ ।
विभिन्न दलका १८ जना सदस्यको पदावधि सकिने भएपछि सरकारले माघ ९ गते चुनाव गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने बताएका हुन् ।
उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।
रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।














