गाउँपालिका अध्यक्षको अपहरण, बिप्लप समुहले गरेको आशंका

वि.सं.२०७६ पुस ६ आइतवार ०५:३८
shares

दैलेख । दैलेख काटीकाध गाउपालीकाको अध्यक्ष धीरबहादुर शाही र उनका श्रीमती इलाको आइतबार बिहान आफ्नै घरबाट अपहरण गरेको छ ।
अपहरणमा परेको उनका श्रीमती इला जंगलमा फेला परेको छ । गाउपालीकाको अध्यक्षको अबस्था पत्ता लागेको छैन ।
अध्यक्ष शाही जिल्ला कमीटीको सदस्य रहेका छन् भने उनका श्रीमती इला राष्ट्रीय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष रहेका छन् ।
उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् । उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । अपहरणको कारण पनि खुलेको छैन । यसअघि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले अपहरण गरेर छाडेको थियो ।