कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक शुरु

काठमाडौं। कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज बिहान शुरु भएको छ । परिषद्को दोस्रो बैठकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरेका छन् । बैठकमा परिषद्को पहिलो बैठकको प्रतिबद्धता कार्यान्वयनको समीक्षा भइरहेको छ ।

बैठकको पहिलो दिनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको अन्तरसम्बन्ध र अधिकारका बाँडफाँट, राष्ट्रिय योजना आयोग सदस्य मीनबहादुर शाहीले नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजना र तीनै तहका सरकारबीच योजना निर्माणको समन्वय सम्बन्धमा प्रस्तुति राख्नुहुने कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको प्रथम आवधिक योजना र योजना आयोगले गरेका काम कारवाहीका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका छन् । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रदेश सरकारको कार्यसम्पादनसम्बन्धी विषयमा प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद नेपालले चालू आवको बजेट कार्यान्वयन तथा वित्त हस्तान्तरणसम्बन्धी, १२ राष्ट्रिय जनगणनासम्बन्धी केन्द्रीय तथ्याङ्क विभागका तर्फबाट, प्रदेश सरकार र स्थानीय तहको क्षमता विकाससम्बन्धी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका तर्फबाट कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकको दोस्रो दिनमा यहाँका जिल्ला समन्वय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले साझा अधिकारको प्रयोग, योजना व्यवस्थापनमा रणनीतिक तयारी, प्राकृतिक स्रोतको उपयोग र बाँडफाँट सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहबीच नीतिगत सामञ्जस्यताका विषयमा पाँच÷पाँच मिनेटको आफ्नो धारणा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय तथा प्रदेश योजना आयोगका पदाधिकारी तथा सदस्य, विज्ञ, कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति, २५ नगरपालिकाका र ५४ गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, कर्णाली प्रदेश सरकारका सचिव र सबै स्थानीय तहका आमन्त्रित प्रमुख प्रशासकीय अधिकृत गरी ३०० को सहभागिता छ । बैठक दुई दिनसम्म सञ्चालन हुनेछ ।


कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

२०८२ असार ७ शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...