टस जितेर बलिङ गर्दै बुटवल

10.96K
shares

काठमाडौं । पोखरा प्रिमियर लिग पीपीएल टि-ट्वान्टी क्रिकेटअन्तर्गत इलिमिनेटरमा बुटवल बलास्टर्स र विराटनगर टाइटान्सले प्रतिस्पर्धा भैरहेको छ ।

पोखरा रंगशालामा बुटवलले टस जितेर पहिले बलिङ गर्ने भनेको छ । बुटवलविरुद्ध विराटनगरले केही बेरमा ब्याटिङ थाल्नेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा स्थान बनाउने योजनामा छन् ।

यसअघि चितवन राइनोजले फाइनलमा स्थान बनाइसकेको छ । आजको खेलमा जित निकाल्ने टोली उपाधिका लागि चितवनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

बुटवलको कप्तानी सोमपाल कामीले गरिरहेका छन् भने विराटनगरको कप्तानी प्रदीप ऐरीले गरिरहेका छन् ।


divya collage
unigloble collage