मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहने सभापति थापाको दाबी

4.23K
shares

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्।

महोत्तरीको बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ तथा ‘जरा अभियान’लाई सम्बोधन गर्दै उनले मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसकै हातमा रहने दाबी गरे।

सभापति थापाले पार्टीका गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अघि बढाउन पार्टीपंक्तिलाई निर्देशन पनि दिएका छन्।

उनले जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रममार्फत संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।


divya collage
unigloble collage