डिआईजी लालमणि आचार्यको प्रमुख आतिथ्यतामा ‘बिदाई तथा फेरि भेटौंला’ कार्यक्रम सम्पन्न
वि.सं.२०८१ वैशाख २४ सोमवार २३:०६
6.24K
shares
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा ‘बिदाई तथा फेरि भेटौंला’ कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय लेखबेशी, सुर्खेत दरवन्दी भई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक धर्म राज जोशीको केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाट, काठमाण्डौ काज सरुवा भएको हो ।

प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले बिदाई गर्दै साथै आगामि कार्यकालको शुभकामना सहित निर्देशन दिनु भयो ।
उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतका साथै अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



























