१२ करोड ठगेर फरार व्यक्ति काठमाडौंमा पक्राउ
वि.सं.२०७५ पुस २८ शनिवार १२:४१
6.4K
shares
shares

काठमाडौँ । ललिपतुर महानगरीय अपराध महाशाखाको टोलीले १२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार व्यक्तिलाई पक्राउ गरेको छ।
१२ करोड ३५ लाख ९६ हजार ५०४ रुपैयाँ ठगी गरी फरार भएका भक्तपुरका ५२ वर्षीय मोहनमणि दाहाललाई प्रहरीले पक्राउ गरेको हो। ललितपुर महानगरपालिका-३स्थित बिटुलिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठको जाहेरीका आधारमा पक्राउ परेका दाहालविरुद्ध अदालतले २०७४ मंसिर १४ गते उक्त जरिवाना र कैद सुनाएको थियो।
त्यस यता फरार उनलाई शुक्रबार पक्राउ गरिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। अनुसन्धानका लागि दाहाललाई ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
































