रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

4.55K
shares

काठमाडौँ । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ। भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो। रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ।

कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए। अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ। छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ।

प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण रहेको छ। छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने हुन्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ। छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ र त्यो अलि जोखिम पनि हुनसक्ने छ। त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने छ,’ महानिर्देशक मिश्रले बताए। लामो दुरीको मार्ग समयको दृष्टिले यात्रा समय अलि बढी भए पनि जोखिम र निर्माण खर्चको हिसाबले छोटो दुरीको भन्दा बढी उपयुक्त हुनसक्ने उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083