जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या
वि.सं.२०७६ वैशाख १५ आइतवार ०९:४५
6.94K
shares
shares

काठमाडौं। आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन्। उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए ।
पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन्। जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन्। रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेषले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।
चार महिनायता स्वास्थ्य जटिल बनेपछि शैलेषलाई अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार उनलाई अस्पतालबाट घरमा ल्याइएको थियो। त्यसैदिन उनले घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ।

















