सवारीको ‘हुट’ हटाउँदै प्रहरी

Nepal Life Insurance Long Ad

काठमाडौं । सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ ।

पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो । ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा अनावश्यकरूपमा सवारीमा जडान गरिएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए । पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा भारयुक्त सामान बोक्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै सबै सवारीको ‘हुट’ हटाउन थालिएको प्रमुख थापाले बताएका छन् ।

ट्राफिक कार्यालय नवलपुरले एकै दिनमा पहाडी क्षेत्रमा चल्ने सात वटा जीपका ‘हुट’ हटाएको छ । पटकपटक ‘हुट’मा यात्रु नराख्न अनुरोध गर्दासमेत यात्रु राख्न नछाडेपछि सवारीको ‘हुट’ आफैले हटाउन थालेको ट्राफिक प्रमुख थापाले बताए । जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने  बताए । उनका अनुसार बस व्यवसायी समिति र जीप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भने पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउन थालेको हो । केही दिनभित्र पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने प्रमुख थापाले बताए । “हामीले समिति, सम्बन्धित सवारी चालकलाई अनुरोध गरेका छौँ, आफैले ‘हुट’ नहटाए हामी आफैँ हटाउँछौ”, प्रमुख थापाले भने, “यो हाम्रा लागिभन्दा पनि यात्रुले जोखिमपूर्ण यात्रा नगरुन् भनेर गरेको बताए ।”

नवलपुरको बौदिकाली, बुलिङटार, हुप्सेकोट गाउँपालिकाका पहाडी क्षेत्रमा चल्ने सवारीले अनुमतिभन्दा धेरै यात्रुलाई राखेर जोखिमपूर्ण यात्रा गराउँदै आएका छन् । गाउँगाउँमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने त्यसैमाथि भार थप्ने गरी सामान ओसार्दा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि यो अभियान थालिएको ट्राफिक प्रमुख थापाले बताए ।

नवलपरासीपूर्व नवलपुरमा दिनहुँजसो सवारी दुर्घटनाका घटना हुने गरेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अन्य विभिन्न कार्य गर्दै आएको छ । केही दिन अघि मात्रै प्रहरीले यहाँ रहेका निजी विद्यालयका विद्यार्थी बोक्ने बसमा अत्यधिक विद्यार्थी राख्ने गरेको भन्दै यसलाई रोक्न विद्यालयका सञ्चालकसँगको अन्तरक्रियासमेत गरेका थिए । सिट क्षमताभन्दा धेरै विद्यार्थी बसमा नराख्न अनुरोध गर्दै राखेको पाइएमा कारवाही गर्न थालिएको प्रमुख थापाले बताए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...